कङ्गोबाट यसवर्ष झण्डै दश लाख मानिस विस्थापित

लोकतान्त्रिक गणतन्त्र कङ्गोका झण्डै दश लाख मानिस विस्थापित भएका छन् । गएको अप्रिलमा कङ्गोको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस वर्ष मात्रै कङ्गोमा दश लाख मानिस आफ्नो घरबाट विस्थापित भएका बताएका हुन् ।

उनले संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देशमा बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार, द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको प्रमुख टर्कको भनाइ छ ।

राष्ट्रसङ्घले कङ्गोमा बढ्दो अपहरण , बन्दी बनाउने, यौन दासत्व र बलात्कारपछि हत्या जस्ता घटनाका कारण मानिसहरु विस्तापित हुन बाध्य भएको जनाएको छ ।

एजेन्सी

Comments

Back to top