भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार 'एआई' सम्बन्धी आविष्कारका लागि २ जनाले संयुक्त रूपमा पाउने

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई भौतिकशास्त्रतर्फको पुरस्कार दिने निर्णय भएको बीबीसीले जनाएको छ ।

आर्टिफिसिएल न्यूरल नेटवर्कमार्फत मेशिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा उनीहरूलाई पुरस्कार दिने निर्णय गरेको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।

मेशिन लर्निङ भनिने विधि एआईको महत्त्वपूर्ण अङ्ग हो । यसले कम्प्युटरलाई सूचना उत्पादन गर्न सक्ने बनाउँछ । कम्प्युटरमा प्रयोग गर्ने अनेकौं प्रविधिमा, इन्टरनेट सर्चदेखि तस्वीर सम्पादन गर्नसम्म यसको प्रयोग भएको हुन्छ ।

हप्फील्ड अमेरिकको प्रिन्स्टन युनिभर्सिटीमा र हिन्टन क्यानडामा रहेको युनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्छन्। उनीहरूले एक करोड १० लाख स्विडिश क्रोनर र पदक संयुक्त रूपमा पाउनेछन् ।

एजेन्सी

Comments

Back to top