नेप्से इन्ट्राडे अपडेट: ९.९९ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.९९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ९.९९ अङ्कले घटेर २,६८०.७२ मा आएको हो। २८० कम्पनीको ४,५६५,२९८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९४ करोड ३९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा मान्डु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.९८% वृद्धि भएको छ भने टप लुजरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.६१% ले घटेको छ।

Comments

Back to top