किया ईभी ९ इलेक्ट्रिक एसयूभी भारतमा लन्च

किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी ९ भारतमा लन्च गरेको छ । सो कारले फुल चार्जमा ५४१ किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । कारमा हाइवे ड्राइभिङ पाइलट सिस्टम जस्ता उच्च स्तरका फिचर समावेश छ ।

सो कार कियाको भारतमा अहिलेसम्मको सबैभन्दा महँगो इलेक्ट्रिक कार हो, जसको मूल्य १ करोड ३० लाख राखिएको छ । कारको लम्बाई ५०१५ एमएम, चौडाई १९८० एमएम, उचाई १७८० एमएम र ह्विलवेस ३१०० एमएम छ ।

सो एसयूभीमा पर्मानेन्ट मेग्रेट सिक्रोनस ड्युअल मोटर इन्जिन जडान गरिएको छ, जसले ३८४ एचपीको पावर र ७०० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ९९.८ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ ।

सो कारले ० देखि १०० किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्न ५।३ सेकेन्ड लाग्छ । यसको ब्याट्री डीसी चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज गर्न २० मिनेट लाग्छ ।

यसमा सेफ्टीका लागि ९ एयरब्याग र ३६० डिग्री क्यामेरा र लेभल(२ एडीएएस जस्ता फिचर उपलब्ध गराइएको छ । कम्पनीले ६ सिटर लेआउट भएको जीटी लाइन ट्रिममा मात्र कार ल्याएको छ । यसको ७ सिटर संस्करण पछि लन्च गरिनेछ ।

यसको ड्यासबोर्डमा स्टार्ट(स्टप, क्लाइमेट कन्ट्रोल, भेन्टिलेसन सिस्टम, मिडिया र अन्य सेटिङका लागि भर्टिकल हिडन टाइप इनपुट कन्ट्रोल प्रदान गरिएको छ ।

यसको दोस्रो पङ्क्तिमा लेग सपोर्टका साथै क्याप्टेन सिट, मसाज फंक्शन र इलेक्ट्रिकली एडजेस्टेबल स्टेयरिङ ह्विल उपलब्ध गराइएको छ ।

साथै किया ईभी ९ को भारतीय मोडेलमा फ्रन्ट र सेकेन्ड रोको लिग सनरुफ, डिजिटल आईआरभीएम र ६४ कलर एम्बियन्ट लाइटिङ जस्ता फिचर समावेश छ ।

एजेन्सी

Comments

Back to top