इजरायलद्वारा बेरुतमा भीषण हमला

इजरायलले जारी राखेको बमबारीले बेरुतको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । हिजबुल्लाहलाई लक्षित गरि गरिएको हवाई आक्रमणको क्रममा गएराति त्यस्तो विस्फोट भएको बिबिसीले जनाएका छ ।

आज बिहान हुँदा शहरमाथि धुवाँका मुस्लाहरू देखिन्थे । यसैबीच लेबनानी सेनाले देशको दक्षिणमा आफ्ना दुई सैनिकहरू मारिएको जनाएको छ । सो क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाह विरुद्धको आक्रमण जारी राखेको छ र थप २० शहर र गाउँहरूलाई खाली गर्न आदेश दिएको छ।

यसैबीच इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हाशिम सैफिद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार इजरायली सेनाले बिहीबार बेरुतमा सैफिद्दीनलाई लक्षित गरी आक्रमण गरेको थियो।

न्यूयोर्क टाइम्सका अनुसार इजरायली अधिकारीहरूले जमिनमुनि रहेको बंकरमा विमानहरूमार्फत बमबारी गरेका छन् ।

हिजबुल्लाहका उच्च अधिकारीहरू बैठक गर्दै गरेको स्थानमा पनि बमबारीका भएको थियो । समाचारहरुका अनुसार सैफिद्दीन यसमा सहभागी हुने थिए।

यद्यपी सैफिद्दीन त्यहाँ पुगेका थिए वा थिएनन्, यसको जानकारी प्राप्त भएको छैन। यस आक्रमणमा कति जना मारिए, यसको जानकारी छैन।

इजरायल रक्षा बल (आइडिएफ) वा हिजबुल्लाहले सैफिद्दीनको मृत्युको बारेमा कुनै जानकारी दिएको छैन । गत हप्ता नसरल्लाहको मृत्यु पछि सैफिद्दीनलाई उनको उत्तराधिकारी मानिएको थियो। उनी नसरल्लाहका मामाको छोरा हुन्।

सैफिद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्छन्, त्यसैले नसरल्लाह जस्तै कालो पगरी लगाउँछन्। अमेरिकाले उनलाई सन् २०१७ मा आतंकवादी घोषणा गरेको थियो।

उनी हिजबुल्लाहका राजनीतिक मामिलाहरू हेर्छन्। यसका साथै उनी जिहाद परिषद्का अध्यक्ष पनि हुन्, जसले संगठनका सैन्य अभियानहरूको योजना बनाउँछ।

एजेन्सी

Comments

Back to top