अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा

अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । यस हाइड्रोपावर कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक ६ गतेसम्म कायम  सेयरधनीले मात्र  लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top