मोरङ र सुनसरी तथा भक्तपुरको हनुमन्ते खोलामा बाढी

पूर्व र मध्य क्षेत्रमा रातिदेखि नै पानी परेकाले केही नदी र खोलाहरुमा बाढी आएको छ । सुनसरीको तरहरा र मोरङको केराबारी आसपास मध्यम वर्षा भएको र थप हुने देखिएकाले सुनसरी खोला, खेसलिया खोला लगायत अरु स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

एजेन्सी

Comments

Back to top