नेप्सेमा २६.०७ अंकको गिरावट, ६ अर्ब ७७ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २,५९७.४९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयरको करिब ६ अर्ब ७७ करोड ८१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ, १८७ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनासन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डिभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको कारोबार भयो।

Comments

Back to top