प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.१६ अंकले बढ्यो !

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.१६ अंकले बढेको छ। 

मंगलबार ११४.७० अंकले बढेर २,६२३.५६ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६२९.७३ मा खुलेको हो। कुल १०,७७५ कित्ता सेयरको खरिदबिक्री करिब ५६ लाख ४५ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ८१ कम्पनीमध्ये ५२ को मूल्य बढ्यो भने १८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

यस अवधीमा कुल १६१ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top