न्यादी हाइड्रोपावर लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा

न्यादी हाइड्रोपावर लिमिटेडले १ लाख ९८ हजार पाँच सय ४७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अल नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top