भगवती हाइड्रोपावरको साधारण सभा आज

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज असोज १६ गते  बस्दैछ ।

कम्पनीले साधारण सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा अर्पण ब्याकेंट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top