नेप्सेमा ११४.७० अंकको वृद्धि, ७ अर्ब ६१ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २,६२३.५६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयरको करिब ७ अर्ब ६१ करोड ६५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २४३ कम्पनीको सेयर मूल्य बढेको छ, १ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन १८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा एनएम बी ५० रहेको छ जसको सेयर मूल्य ३.८६% ले घटेको छ। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको कारोबार भयो।

Comments

Back to top