सानिमा बैंकले पायो आइटी सेवाका लागि आईएसओ प्रमाणपत्र

 सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाका लागि प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएकाले यो प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंक सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) मा कति कडा छ भन्ने मूल्यांकन गरेको जनाइएको छ । मूल्यांकन एएमटीआईभीओ समूहले गरेको थियो ।

बैंक यसको सूचना सुरक्षा मापदण्डहरू कायम राख्न र सुधार गर्न समर्पित रहने पनि बैंकले उल्लेख गरेको छ ।

एजेन्सी

Comments

Back to top