ग्लोबल आईएमई बैंकको सबै शाखाबाट सुकिला नोट साट्न पाइने

ग्लोबल आईएमई बैंकको सबै शाखाबाट सुकिलो नोट साट्न पाइने भएको छ । बैंकले एक सूचना जारी गर्दै सबै शाखाबाट नोट सटही सुविधा राखेको जानकारी दिएको छ ।

बैंकका अनुसार सोमबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नोट सटही गर्न सकिने छ । त्यसैगरी, शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सटही गर्न सकिने छ ।

५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ ।

असोज १३ गतेदेखि २३ गतेसम्म नोट सटही सुविधा पाइने छ। तर, उक्त मितिभित्र सार्वजनिक बिदा रहेको दिन भने यो नोट साट्न पाइने छैन ।

एजेन्सी

Comments

Back to top