राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच भुक्तानी सम्झौता

विश्वका जुनसुकै देशबाट पनि निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ ।

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाइटेड रेमिट प्रा.लि बीच यस्तो सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

एजेन्सी

 

Comments

Back to top