पूर्वरक्षामन्त्री इशिबा जापानकाे प्रधानमन्त्री बन्ने
जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार देशका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् ।
शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र देशको नेतृत्वका लागि चुनिएका हुन् ।
रोयटर्सका अनुसार वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । किनभने संसद्को तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण छ ।
जापानको लोकतान्त्रिक प्रणालीमा संसद्को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । पहिलो र दोस्रो चरणको मतदानमा इशिबाले आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् ।
एजेन्सी
Comments