आइएमई पेको दशैँ अफर : १ रुपैयाँमै आन्तरिक हवाई टिकट

डिजिटल वालेट आइएमई पेले दसैं पर्वलाई लक्षित गरी जम्मा १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना ल्याएको छ। आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ जनाले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ती ग्राहकले खरिद गरेको हवाई टिकटको रकम १ रुपैयाँ कटाएर विजेता घोषणा गरेपश्चात क्यासब्याक पाउनेछन्। यो योजना असोज २३ गतेसम्म कायम रहने कम्पनीले बिहिबार प्रेस • विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अनुसार आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकले ८१ रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दिन ३० जनाले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन्।

एजेन्सी

 

Comments

Back to top