नेपाल बैंक लिमिटेड र दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रालि बिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ ।

बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम रु १,५०० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु २,००० बराबरको छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्र्पक गरि ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । असोज ११ गते देखि सुरु भएको यो योजना असोज २१ सम्म लागू हुनेछ ।

एजेन्सी

Comments

Back to top