आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता सेयर लिलामी बिक्री खुला

आज असोज ११ गतेदेखि आँखुखोला जलविद्युत कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यसअघि कम्पनीले १५० प्रतिशत (१ करोड २० लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नबिल बैंककै लेकसाईट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा सुर्खेत, र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

एजेन्सी

 

Comments

Back to top