हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी हिमलाल काप्रीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

उनी आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बेचेर कम्पनीबाट बाहिरिने भएका हुन् । उक्त सेयरमा विद्यमान कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नआएमा कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ ।

एजेन्सी

Comments

Back to top