युनिलिभर नेपालद्वारा हालसम्मकै उच्च लाभांश घोषणा

युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । यसअघि कम्पनीले आव २०७९।८० मा १५८० प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको हुँदा असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।

एजेन्सी

Comments

Back to top