इजरायलले लेबनानमा गरेको आक्रमणमा एकैदिन एक सय जनाको ज्यान गयो

इजरायलले आज बिहानदेखि लेबनानमा गरेको आक्रमणमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । ४ सय ५० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

बिहानदेखि अहिलेसम्म इजरायलले लेबनानमा तीन सय वटा रकेट आक्रमण गरेको बीबीसीले जनाएको छ । मारिनेमध्ये धेरैजसो बालबालिका, महिला र स्वास्थ्यकर्मी छन् । यसअघि सीमा क्षेत्रमा आक्रमण गरिरहेको इजरायलले आज लेबनानको राजधानीसहित घना बस्तीमा अन्धाधुन्ध आक्रमण गरिरहेको छ ।

आज लेबनानका मन्त्रीसहित सर्वसाधारणलाई शहर छाड्न भन्दै नचिनेको नम्बरबाट फोन र म्यासेज पुगेको थियो । म्यासेजमा हिजबुल्लाहको अखडा रहेका सबै ठाउँबाट एक किलोमिटर परै रहन भनिएको छ । यो म्यासेज इजरायलकै खुफिया एजेन्सीले पठाएको अनुमान छ ।

लेबनानको विद्रोही समूह हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि युद्ध रहेकोमा पछिल्ला केही दिनमा युद्ध चर्किएको छ । हिजबुल्लाहलाई इरानले सहयोग गरिरहेको छ।

एजेन्सी

Comments

Back to top