सहकारी ठगी आराेपमा पक्राउ परेका पूर्वडीआईजी जाेशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले आज जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी बचत रकम अपचलन प्रकरणमा हिजो काठमाण्डौबाट पक्राउ परेका जोशीलाई लगत्तै कास्की लगिएको थियो । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शङ्खमूलबाट पक्राउ गरेको थियो ।

सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।

एजेन्सी

Comments

Back to top