नेप्सेमा ५९.०२ अंकको गिरावट, ५ अर्ब ६६ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २,५२९.३३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२९ कम्पनीको कुल १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयरको करिब ५ अर्ब ६६ करोड ३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४ कम्पनीको सेयर मूल्य बढेको छ, २२९ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा हिमालयन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ भने ४ कम्पनीको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड १३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा लक्ष्मी सनराइज बैँक लिमिटेडको प्रोमोटर सेरयको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top