इजरायल र हिजबुल्लाहको आक्रमणले मध्य पूर्वमा विपत्ति निम्त्याउने चेतावनी

इजरायली सेना र हिजबुल्लाह समूहले एकअर्काविरुद्ध आक्रमण बढाउने बताएलगतै अन्तर्राष्ट्रिय समुदायले युद्धबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्लो समय सीमापार युद्ध बढिरहेका बेला दुवै समूहले आक्रमण अझै बढाउने धम्की दिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट चासो र चिन्ता व्यक्त हुन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले लेबनानलाई अर्को गाजामा परिणत गर्ने सम्भावना बढेको भन्दै युद्ध रोक्न आग्रह गरेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले मध्य पूर्व विपत्तिको सङ्घारमा रहेकाले सैन्य कारबाहीका नाममा आक्रमण र युद्ध बढाउनुभन्दा वार्ताका माध्यमबाट रोक्ने उपाय अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि वाशिङ्टनले युद्ध फैलनबाट रोक्न सक्ने सबै काम गर्ने बताएका छन् भने बेलायती विदेश सचिव डेभिड लामीले पनि ‘तत्काल युद्धविराम’ को आह्वान गरेको खबरमा उल्लेख छ ।

इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमा र इजरायली सेनाले लेबनानमा कैयौं रकेट, मिसाइल र अन्य  प्रक्षेप्यास्त्रहरू आक्रमण गर्ने क्रम बढाएका छन् ।

एजेन्सी

Comments

Back to top