प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अमेरिकामा गर्ने भनिएको वृहत कार्यक्रम स्थगित भएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित भएको जनाएको हो । दूतावासले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा संयुक्त राष्ट्र संघ महासभा, समिट अफ द फ्यूचर र साइडलाइन वार्ताहरुमा व्यस्त रहनुपरेकाले कार्यक्रम स्थगित गर्नुपरेको जनाएको हो ।

यसैगरी दूतावासले समारोहस्थलको सुरक्षा संवेदनशीलतालाई पनि ध्यानमा राखेर कार्यक्रम स्थगित गरिएको जनाएहो हो ।

एजेन्सी

Comments

Back to top