राष्ट्रसङ्घ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरेका थिए । उनले अल्पविकसित देशका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादनवृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकसित देशहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित देशले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गरे । उनले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिएका छन् । 

एजेन्सी

Comments

Back to top