नेप्सेमा ११.५८ अंकको वृद्धि , ५ अर्ब ९ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २,५८८.३५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयरको करिब ५ अर्ब ९ करोड २९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ, ९४ कम्पनीको मूल्यमा गिरावट छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक घटेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा इर्स्टन हाइड्रोपावर लिमिटेड, आत्मिनर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा रावा इनर्जी डिभलप्मेन्ट रहेकाे छ जसको सेयर मूल्य ८.६५% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डिभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top