एभरेष्ट बैंकको असोज २० गते वार्षिक साधारण सभा

एभरेष्ट बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सभामा  १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंगलबार असोज ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ७ गते सम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top