एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को प्रतिफल घोषणा

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

एनएमबि ५० ले गत वर्षको नाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले कर सहित १० प्रतिशत नगद लाभांश दिने जनाएका छन् ।

लाभांश वितरण प्रयोजनका लागि यी दुवै फन्डको बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार असोज ११ गते बुक क्लोज हुनेछ । तसर्थ, असोज १० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

यता, एनएमबि सरल बचत फन्ड इ ले २०८०/८१ को नाफाबाट इकाईधनीलाई कुनै लाभांश वितरण नगर्ने जनाएको छ ।

एजेन्सी

Comments

Back to top