उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध आपूर्ति गर्ने त्यहाँका हतियार विशेषज्ञ अधिकारीहरूले अनुमान गरेका अन्तर्रााष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विशेषज्ञहरूले उत्तर कोरियाको मिसाइल प्रक्षेपणले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने भएकाले यसको प्रतिकार गर्नुपर्ने बताउँदै आएका छन् ।

उत्तर कोरियाको प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ । तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ भनेर आणविक हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको सोल सेनाले जनाएको छ।

उत्तर कोरियाले आउँदाे अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ । बैठकमा दुवै कोरियाको बिग्रिएको सम्बन्ध र तनावलाई बढावा दिने विषयमा छलफल हुने खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top