अरविन्द केजरीवालले दिए दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा

अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् । आम आदमी पार्टीका नेता गोपाल राईले सो जानकारी दिएका हुन् ।

गोपाल राईले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’

उनले थप भने, ‘दिल्लीमा सरकार चलाउन आम आदमी पार्टीको विधायक दलको बिहानको बैठकमा सर्वसम्मतिले आतिशीलाई चयन गरिएको छ । आम आदमी पार्टीको तर्फबाट हामीले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई यो निर्णयको बारेमा जानकारी गराएका छौं।’

अब आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बन्नेछिन् ।

एजेन्सी

Comments

Back to top