उद्योगहरुको गुनासोका बीच अमेरिकाले बढायो चिनियाँ वस्तुमा कर

आपूर्ति श्रृङ्खला र व्यापमारमा बाधा पुर्याउने उद्योगहरुको गुनासोका बीच अमेरिकाले मे महिनामा घोषणा गरेको केही चिनियाँ उत्पादनमा भन्सार बढाउने योजनालाई अन्तिम रुप दिएको छ ।

चिनियाँ विद्युतीय सवारीसाधनमा शतप्रतिशत, सोलार सेलमा ५० प्रतिशत र स्टिल, आल्मुनियम, विद्युतीय सवारीका ब्याट्री र प्रमुख खनिजमा २५ प्रतिशत भन्सारसहित धेरै शुल्कहरू सेप्टेम्बर २७ देखि लागू गर्ने भएको छ ।

सूचना प्रविधि उद्योग परिषद्का अध्यक्ष जेसन ओक्सम्यानले अर्थतन्त्र र आपूर्ति श्रृङ्खलाहरूमा पर्ने असरबारे उद्योग चिन्ताहरूलाई बारम्बार खारेज गरेकोमा अमेरिकी सरकारको आलोचना गरे । अमेरिकी व्यापार कानुनको धारा ३०१ अन्तर्गत ट्यारिफहरू लागू भएपछि अमेरिकी व्यवसाय र उपभोक्ताहरूले दुई सय २१ बिलियन अमेरिकी डलरको सञ्चयी लागत वहन गरेका छन्, टेक ट्रेड एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, अमेरिकी चेम्बर अफ कमर्स इन सांघाइको गत साता जारी गरिएको ‘चाइना बिजनेस रिपोर्ट २०२४’ मा अमेरिकी सरकारले चीनमा विदेशी कम्पनीलाई कसरी सहयोग गर्न सक्छ भनी सोध्दा सर्वेक्षणमा परेका ४८ प्रतिशत अमेरिकी कम्पनीले चिनियाँ सामानमा लाग्ने कर घटाउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका विज्ञहरूले बिहीबारको ब्लग पोस्टमा लेखेका छन् कि एकपक्षीय शुल्कहरू ‘गलत समाधानहरू’मध्ये एक भएको जसले प्रतिशोधको जोखिम बढाउने उल्लेख गरेका छन् । यस्तै नीति अनिश्चितता, बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर बनाउने, विश्वव्यापी आपूर्ति श्रृङ्खलालाई कमजोर बनाउने र भू–आर्थिक विभाजन बढाउँछ । उनीहरूले सरकारहरूलाई डब्लूटीओको नियम र अभ्यासहरूलाई बलियो बनाउन आग्रह गरेका छन् ।

मे महिनामा चीनले उक्त ट्यारिफ प्रस्तावको प्रतिक्रिया दिँदै भनेको थियो कि अमेरिकाले विश्व व्यापार संगठन (डब्लूटीओ)को नियमहरु उल्लंघन गर्ने एकपक्षीय रुपमा लगाइएका शुल्कहरुको विरोध गरेको थियो ।

एजेन्सी

Comments

Back to top