डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

 डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी तारा भण्डारीको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिन भित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित काठमाडौंको सितापाइलास्थित कम्पनीको कर्पोरेट कार्यालयमा आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाई आवेदन दिनु पर्नेछ ।

एजेन्सी

Comments

Back to top