पानी दुर्घटनामा परी जापानमा २४२ को मृत्यु

जापानमा जुलाई र अगस्टमा पानीसम्बन्धी दुर्घटनामा परी दुई सय ४२ जनाको मृत्युको भएको छ । यो लगातार तेस्रो वार्षिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले दुई महिनाको अवधिमा समुन्द्र, खोला र अन्य जलस्रोतमा दुर्घटनाको सङ्ख्या एक वर्षअघिको तुलनामा ३५ ले बढेर चार सय ८८ पुगेको प्रारम्भिक प्रतिवेदनमा जनाएको छ ।

यी परिस्थितिमा छ सय एक जना मानिस प्रभावित रहेको र तीमध्ये जुनियर हाई स्कूल वा त्योभन्दा कम उमेरका एक सय पाँच रहेका थिए । मृतक वा बेपत्ता दुई सय ४२ जनाको सङ्ख्यामा एक वर्षअघिको तुलनामा छ सङ्ख्याले बढेको छ।

एजेन्सीका अनुसार मृत्यु भएका वा बेपत्ता भएकामध्ये एक सय १७ जना समुन्द्रमा, ८८ नदीमा र २० जना जलमार्गमा दुर्घटनामा परेका छन् ।

एजेन्सी

Comments

Back to top