सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्बको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले  साढे ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेटलाई परिमार्जन गर्दै सोमबार प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गरेका हुन् ।

तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले पनि सोही आकारको बजेट ल्याएको थियो । तर उक्त बजेटको योजना तथा कार्यक्रमहरु परिमार्जन गरिएको छ ।

थापाले चालु तर्फ १२ अर्व ८५ करोड ७४ लाख ५ हजार ४०.६५ प्रतिशत  र पुजिगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजार ५९.३२ प्रतिशत विनियोजन गरेको बताए । त्यस्तै उनले वित्तिय व्यवस्था तर्फ एक करोड अर्थात ९०.०३ प्रतिशत विनियोजन गरिएको बताए ।

यसअघि आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले ल्याएको बजेटमा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार ९३५ प्रतिशत, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार ९५ ५.४२ प्रतिशत , अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार ९९.५ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड ९०.३१ प्रतिशत विनियोजन गरिएको थियो ।

उक्त बजेट प्रदेश सभाबाट पास नभएपछि नवगठित सरकारले बजेट ल्याएको हो । आजको बैठक नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने बहिस्कार गरेका थिए । प्रतिपक्षी दलको विरोधकाबीच सरकारले बजेट प्रस्तुत गरेको हो ।

एजेन्सी

Comments

Back to top