ग्लोबल आइएमई बैंकको असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले असोज महीनाका लागि पनि भदौ महीनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ।

बैंकले रेमिटेन्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ। बैंकले भदौमा पनि यही ब्याजदर लागू गरेको थियो ।

यता साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत र ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कर्जातर्फ बैंकले आधारदरमा ३.५० प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।

एजेन्सी

Comments

Back to top