नेप्से इन्ट्राडे अपडेट: २७.११ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २७.११ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २७.११ अङ्कले बढेर २,७१५.६७ मा आएको हो। ३०८ कम्पनीको ११,१८७,५९२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब ६८ करोड २९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा तेह्रथुम पावर कम्पनी लिमिटेड, रिभर फल्स पावर लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा एनआइसि एशिया सेलेक्ट फण्ड ३० रहेको छ जसको सेयर मूल्य ७.६१% ले घटेको छ।

 

 

Comments

Back to top