केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम भाद्र २९ देखि

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० मा आयोजना गर्ने भएको छ। 

भाद्र २९ मा केई शोरुम थापाथली र ३० मा केई शोरुम भाटभटेनी नक्शालमा गई केईको टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ। 

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको छ र सहभागीहरू मध्य एक जना भाग्यशाली सहभागीले मिक्चार ग्रिण्डर प्राप्त गर्ने बताइएको छ। 

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो। 

एजेन्सी

Comments

Back to top