चिनीरहित आहार खाँदा पाइन्छ यस्ता फाइदा!

चिनी हामीले कुनै न कुनै माध्यमबाट खाइरहेका हुन्छौँ, जसले हामीलाई मिठास र ऊर्जा दिन्छ । तर, यो धेरै खाँदा अनेक स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

यसबारे चेतना बढ्दै गएपछि अहिले धेरै मानिस चिनीरहित आहारतर्फ आकर्षित हुन थालेका छन् ।

यदि तपाईं पनि चाहनुहुन्छ भने केही समयका लागि आफ्नो आहारबाट चिनी हटाउनुहोस् र यसले तपाईंको शरीरमा कस्तो प्रभाव पार्छ हेर्नुहोस् ।

आज हामी एक महिनासम्म चिनीरहित आहार खाँदा के–कस्ता फाइदा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा जान्नेछौँ ।

पहिलो हप्ता

चिनी रहित आहार सुरु गरेको पहिलो हप्तामा, तपाईंले आफ्नो शरीरमा यसको कमी महसुस गर्नुहुनेछ, जसले तपाईंलाई थकान, टाउको दुख्ने वा मुड स्विङ्गको अनुभव हुन सक्छ । किनभने चिनीले ऊर्जा प्रदान गर्दछ र खुसी हर्मोन रिलीज गर्दछ ।

दोस्रो हप्ता (ऊर्जा स्तर वृद्धि)

तपाईंको शरीरले चिनीको कमीलाई अनुकूल पार्ने क्रममा, ऊर्जाको स्तर बढ्न थाल्छ । धेरै चिनी खाँदा ऊर्जाको स्तरमा उतारचढाव हुन्छ, तर चिनीरहित आहारमा तपाईंले ऊर्जावान् महसुस गर्न मद्दत गर्ने खाना समावेश गर्न सक्नुहुन्छ जस्तै नटस् , बीज आदि । यसले तपाईंलाई उस्तै ऊर्जाको अनुभूति दिनेछ ।

तेस्रो हप्ता (तौल घटाउने)

धेरै चिनी खाँदा तौल बढ्छ । यस्तो अवस्थामा चिनीरहित आहार अपनाउँदा तौल घटाउन मद्दत गर्दछ, किनकि तपाईंले कम क्यालोरी खाइरहनुभएको छ । तपाईंको शरीरले बोसो जलाउन अझ प्रभावकारी रूपमा काम गर्नेछ ।

चौथो हप्ता (छाला निको पार्ने)

धेरै चिनी खाँदा पनि छालामा असर पर्छ । यसले एक्ने र अन्य छालाको समस्या निम्त्याउन सक्छ । चिनी रहित आहार अपनाउनाले छालामा भइरहेको हानिलाई पनि कम गर्छ, जसले गर्दा तपाईंको छाला चम्किलो र स्वस्थ देखिन्छ ।

अन्य फाइदाहरू

धेरै चिनी खाँदा मधुमेहको जोखिम बढ्छ । चिनीरहित आहार अपनाउँदा तपाईंको रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ, जसले मधुमेहको जोखिम कम हुन्छ । चिनीरहित आहार अपनाउँदा रक्तचाप कम हुन्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहन्छ, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ ।

कसरी सुरु गर्ने ?

अचानक चिनी पूर्ण रूपमा बन्द गर्नाले अत्यधिक क्रेभिङ्ग र मुड स्विङ्ग हुन सक्छ त्यसैले बिस्तारै चिनीको मात्रा घटाउनुहोस् ।

चिनीको सट्टा, फलफूल, स्टेभिया आदि जस्ता स्वस्थ विकल्प प्रयोग गर्नुहोस् । प्रशस्त मात्रामा पानी पिउनाले तपाईंलाई हाइड्रेटे रहन मद्दत गर्नेछ ।

चिनीरहित आहारको साथ पनि, प्रोटिन, कार्बोहाइड्रेट समावेश भएको सन्तुलित खाना खानुहोस् ।

Comments

Back to top