भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।

सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उनी ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका सदस्य थिए । यस्तै सन् २०१५ देखि महासचिव थिए । यस्तै सन् २००५ देखि १०२७ सम्म राज्यसभा सदस्य थिए । येचुरीको निधनप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।

कांग्रेस आईका नेता राहुल गान्धीले येचुरीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर देश बुझेको एउटा असल मित्र गुमाएको बताएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले येचुरीको निधनको खबर सुनेर दुःख लागेको भन्दै उनको विदाइ राष्ट्रिय राजनीतिको लागि एउटा क्षति भएको बताएका छन् । 

एजेन्सी

Comments

Back to top