फोनपे र सिटिजन्स बैंकको साझेदारीमा नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नाम दिइएको यो सुविधा नेपालको आफ्नै कार्ड स्किम हो ।

यस मार्फत नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको सिटिजन्स बैंकले जनाएको छ ।

बैंकको  मोबाइल एप मार्फत प्रयोगकर्तालाई  तत्काल  भर्चुअल  कार्ड  जारी गर्न सकिने र यसद्वारा १४ लाखभन्दा धेरै फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।

आफ्नो मासिक बजेटअनुरूप खर्च ट्र्याक गर्न सजिलो हुने र ४५ दिनसम्म ब्याजरहित क्रेडिट अवधि सुविधा उपभोग गर्न सकिने बैंकको भनाइ छ ।

‘ग्राहकले चाहेअनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विशेष योजनाका लागि ५० प्रतिशत तत्काल क्यासब्याक अफर राखिएको छ ।’

भर्चुअल क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रतिप्रयोगकर्ता ५० प्रतिशत (१ हजार रुपैयाँ) सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्ने बैंकले बताएको छ ।

यो सीमित समयको अफर ०८१ भदौ २७ बाट सुरु हुने भनिएको छ । यो नयाँ पहलले ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको विश्वास छ ।

एजेन्सी

Comments

Back to top