रुस–युक्रेन वार्तामा चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्छन् : राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धविराम वार्ताका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताएका छन् ।

रुसी शहर भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक’ फोरममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्ने र युद्धविरामका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताएको बीबीसीले जनाएको छ ।

पुटिनले आफूहरूले आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्ने तथा युद्धविरामका लागि सबैभन्दा पहिले चीन, ब्राजिल र भारतसँग सम्पर्कमा रहेको बताएको खबरमा उल्लेख छ ।

राष्ट्रपति पुटिनले युक्रेनसँग युद्धविराम गर्ने सहमति भए पनि युक्रेनले पश्चिमी देशहरूको प्रभावमा आएर युद्ध जारी राखेको आरोप लगाएका छन् । युक्रेनले रुसलाई रणनीतिक रूपमा हराउन चाहेको तर त्यो नभइरहेको उनको भनाइ छ।

एजेन्सी

Comments

Back to top