सामसङको ए सिरिजको ग्यालेक्सी ए०६ सार्वजनिक हुँदै

सामसङ नेपालले नेपाली बजारमा ए सिरिजको नयाँ फोन ग्यालेक्सी ए०६ सार्वजनिक गर्ने भएको छ।

भदौ २३ गतेदेखि नेपालभरका स्टोरमा पाइने भनिएको फोनलाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ।

डिभाइसमा पावरफुल ५० मेगापिक्सेल (एमपी) प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर छ भने ८ एमपी फ्रन्ट क्यामेरा छ। फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन छ।

मिडिया टेक हेलियो जी ८५ प्रोसेसरद्वारा सञ्चालित फोनमा गेमिङ गर्न, कन्टेन्ट हेर्न र शेयरिङको लागि उत्कृष्ट पर्फमेन्स दिने बताइएको छ। पाँच हजार एमएएच ब्याट्री र २५ वाटको फास्ट चार्जर सपोर्ट गर्ने फोनले लामो समयसम्म चल्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी ए०६ मा अब सामसङ नक्स भल्ट अर्थात ईएएलएस प्लस प्रमाणित विशेषता छ, जुन अघिल्लो मोडलहरूको दाँजोमा मुख्य अपग्रेड हो। नक्स भल्टले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।

फोनमा नयाँ साइड फिंगरप्रिन्ट सेन्सर उपलब्ध हुनेछ भने नयाँ ओएस र सेक्युरिटी अपडेट्सहरूले डिभाइस नयाँ र सुरक्षित रहने सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध, ग्यालेक्सी ए०६ को ४/६४ जीबी भेरियन्टको १५ हजार ४९९ रुपैयाँ, ४/१२८ जीबी भेरियन्टको १७ हजार ४९९ र ६/१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ पर्नेछ।

फोनसँगै २५ वाटको एड्याप्टर पनि निःशुल्क आउने कम्पनीले जनाएको छ। यो फोन फाइनान्स गरेर समेत किन्न सकिने सुविधा कम्पनीले दिएको छ। इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

एजेन्सी

Comments

Back to top