शाकाहारी खानाका फाइदाहरु

धेरैजसो मानिसहरु शाकाहारी खाना तौल घटाउनका लागि मात्रै उपयुक्त हो भन्ने सोच्छन् । तर शाकाहारी भोजनले स्वास्थ्यलाई विभिन्न तरिकाबाट फाइदा पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । यसले ब्लड सुगर कम गर्नुका साथै क्यान्सरबाट पनि बचाउँछ ।

पोषक तत्वले भरिपूर्ण : कयौँ अध्ययनमा शाकाहारी भोजनमा धेरै फाइबर र एन्टीअक्साइड हुने पुष्टि भइसकेको छ । यसमा पोटासियम, म्याग्नेसियम, फोलेट, आइरन र भिटामिन ए, सी र इ जस्ता अत्यावश्यक सबै पोषक तत्व पाइन्छ ।

बजन घटाउन सहयोग : आजकाल धेरैजसो मानिसहरू तौल कम गर्नका लागि शाकाहारी भोजन लिने गर्छन् । अध्ययनका अनुसार ननभेज खाने मानिसको तुलनामा भेज खानेको स्वास्थय राम्रो हुन्छ ।

ब्लड सुगर कम गर्छ : शाकाहारी हुनुको सबैभन्दा राम्रो फाइदा मधुमेहका बिरामीलाई हुन्छ । शाकाहारी खानाले केबल ब्लड सुगर मात्र कम गर्दैन किड्नीलाई पनि राम्रो गर्छ। कसैलाई यो रोग लागेको छैन भने पनि शाकाहारी भोजनले मधुमेहको सम्भावना कम हुन्छ । एक रिसर्चका अनुसार प्लान्ट प्रोटीनले किड्नीको बिमारी हुने खतरा पनि कम हुन्छ ।

क्यान्सरबाट बचाउँछ : शाकाहारी खानाले केही क्यान्सरबाट पनि बचाउँछ । नियमित फलफुल खानाले कोलोरेक्टल क्यान्सरको खतरा ९-१८ प्रतिशत कम हुन्छ । अनुसन्धान अनुसार हरेक दिन कम्तिमा ७ ताजा फल र सब्जी खानाले क्यान्सरबाट निधन हुने खतरा १५ प्रतिशत कम हुन्छ । शाकाहारी खानामा सोया प्रोडक्ट धेरै हुन्छ जसले ब्रेस्ट क्यान्सरबाट सुरक्षित राख्छ ।

मुटु रोगबाट बचाउँछ : ताजा फलफुल, सब्जी खानाले हृदयरोगको खतरा कम हुन्छ ।

एजेन्सी

Comments

Back to top