रातमा चाँडै खाना खानुको फाइदा, तौल घटाउनेदेखि मुटुको स्वास्थ्यसम्म

मानिसहरू बेलुकाको खाना खान धेरै ढिलो गर्छन् । घाम अस्ताएपछि केही नखाने मानिसहरू कमै होलान् । आयुर्वेदमा सूर्योदयपछि र सूर्यास्तअघि खाना खानुपर्छ भनिएको छ ।

यस्तो बेला खाने खानाले शरीरलाई फाइदा पुग्छ । तर, आजकल राति अबेरसम्म खाना खाने बानी परेको छ । मानिसहरूले ९/१० बजे डिनर गर्छन्, जुन ठिक होइन । जबकि बेलुकाको खाना छिट्टो खानाले शरीरलाई धेरै फाइदा पनि दिन्छ ।

खाना खाने सबैभन्दा राम्रो समय बिहान उठेको २ घण्टापछि ब्रेकफास्ट गर्नु हो । तपाईंले ८ देखि ९ बजेको बिचमा खाजा खानुपर्छ । दिउँसो १ देखि २ बजेसम्म खाना खानु राम्रो हुन्छ । तपाईंले आफ्नो साँझको खाना ७ बजेसम्म खानुपर्छ । ढिलो भयो भने ८ बजे पछि खाना नखानुहोस् ।

चाँडै खाना खानुको फाइदा-

तौल घट्छ

समयमै खाना खाँदा शरीरले त्यो खानेकुरालाई राम्रोसँग पचाउँछ । जसका कारण तपाईंको मेटाबोलिज्मको गति तेज हुन्छ । यो खानेकुरा सजिलै पचिन्छ र यसले शरीरलाई ऊर्जा पनि दिन्छ । छिट्टै खानाले क्यालोरीहरू पनि जलाउँछ, जसले वजन घटाउन सजिलो बनाउँछ ।

राम्रो पाचन

खाने र सुत्ने बिचमा अन्तर राख्दा खाना सजिलै पच्छ । तर, राति अबेर खाना खाएर सुत्दा खाना पच्दैन । यसले पेट दुख्ने, ग्यास हुने, पेट सुन्निने जस्ता समस्या निम्त्याउन सक्छ ।

मधुमेहमा फाइदाजनक

मधुमेहका बिरामीले समयमै खाना खानुपर्छ । जब तपाईं छिटो खाना खानुहुन्छ, शरीरले खानालाई ग्लुकोजमा रूपान्तरण गर्ने समय पाउँछ । यसले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ । मधुमेह रोगीको लागि ढिलो खाना खानु राम्रो होइन ।

निद्रामा सुधार

ढिलो खाना खाएर सुत्दा पाचन प्रक्रिया सुरु हुन्छ । जसका कारण निद्रा लाग्ने प्रक्रियामा बाधा पुग्छ । समयमै खाना खाँदा सुत्नुअघि नै खाना पच्ने गर्छ । जसका कारण निद्रा राम्रो हुन्छ ।

मुटुको स्वास्थ्यमा सुधार

धेरै पटक ढिलो खानाले खाना पचाउन गाह्रो हुन्छ, जसले मुटुमा जलन हुन सक्छ । यस्तो अवस्थामा पेटमा परेको खानेकुराले पनि ग्यास एसीडीटी निम्त्याउँछ । जसका कारण मुटुसँग सम्बन्धित रोगको जोखिम पनि बढ्छ । त्यसैले डाक्टरहरूले समयमै खाना खाने सल्लाह दिन्छन् ।

एजेन्सी

Comments

Back to top