फुटबलका सम्राट पेलेको जीवनी
पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्छ । उनको वास्तविक नाम एड्सन आरान्तेस दो नासिमेन्तो हो । यो नाम पोर्चुगिज भाषाबाट राखिएको हो ।
उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन् । यिनी ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो।
अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधी दिएको छ।
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे।
फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन् । ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ । विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन । सन् १९५८को विश्वकपमा पेलेलाई खेलाईएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो । यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्वीडेनविरुद्ध ब्राजिल ५-२ले विजयी भयो । त्यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए ।
आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए ।
सन् १९५८, १९६२ र १९७० तीनपटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । पेलेको सन्न्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्यो, सन् १९९४को विश्वकपसम्म ।
मानिस प्रसिद्ध भएपछि उसका सम्बन्धमा कथा, उपकथा र क्रमशः किंवदन्तीहरू जन्मँदै, फिँजिँदै जान्छन् । तर, केही त्यस्ता वास्तविक प्रसंगहरू छन्, जसले पेलेलाई साँचो अर्थमा फुटबलका किंवदन्ती बनाएका छन् । जस्तो :
सन् १९७०को विश्वकप फुटबलको इङ्ल्याण्डविरुद्धको खेलमा पेलेको एउटा प्रहार कति शक्तिशाली थियो भने त्यसलाई रोक्ने प्रयास गर्दा इङ्ल्याण्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको थियो ।
पेले सन् १९६३मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए । जर्मन खेलाडी शुल्जले उनलाई ‘कभर’ गररिहेका थिए । प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र ? शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्यो । “बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ,” अत्यन्त विस्िमत् भएका जर्मन गोलकिपर फहराइनले उक्त विजयी गोलप्रति टिप्पणी गर्दै भनेका थिए । यस्तै एकपटक सन् १९६१मा ब्राजिलको रयिो दी जेनेरयिोमा भएको खेलमा पेलेले नौ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध विस्मयकारी गोल गरेका थिए ।
पेलेको आत्मकथा माई लाईफ एन्ड द ब्युटीफुल गेमसँग पनि अनौठो प्रसँग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भीड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएको त्यस भीडको प्रत्येक सदस्य पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थ्यो । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको कलपुर्जासमेत बाँकी राखेनन् । र, त्यस दिन पेले लगभग नाङ्गै हिँडेर घर पुगेका थिए ।
सन् १९६१को कुरा हो । सान्तोसा क्लबबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए । त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै चार गोल गरसिकेका थिए । ‘आजलाई पुग्यो’ भन्ने सोची उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन् । उनको स्थानमा अर्का खेलाडी गए । तर, दर्शकहरूले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले । अन्ततः रेप|mीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्यो । मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन् ।
पेलेको अपार लोकपि्रयताको सीमा छैन । उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए ।
राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि पेले अमेरकिाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भीड जम्मा भएको थियो । उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए । त्यसका लागि प्रशंसकहरू कोलकाताको दमदम विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए ।
पेले उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।
उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए।
पेलेले सन् १९७७ मै खेल जीवनबाट सन्न्यास लिएका थिए। तर पनि अझै उनी विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन्।
पेले तीनवटा विश्वकप जितेका कारण सबैभन्दा राम्ररी चिनिन्छन्। त्यस्तो अवसर पाउने उनीबाहेक अर्को खेलाडी छैन पनि।
क्लब र देशका लागि खेलेका १,३६३ वटा खेलमा १,२८१ गोल गर्ने उनको अर्को विश्व कीर्तिमान छ।अब उनी जस्तो महान् फुटवलरको जन्म सायदै कम होला ।
एजेन्सी
Comments