परमाणु बम खसेपछि हिरोशिमाको तापक्रम कति थियो ?

६ अगस्ट १९४५, यो मिति संसारले कहिल्यै बिर्सन सक्दैन । शक्ति भएमा मानिस कति निर्दयी हुनसक्छ भन्ने यो दिन संसारले देख्यो । वास्तवमा यही मितिमा अमेरिकाले जापानको हिरोशिमामा परमाणु बम प्रहार गरेको थियो ।

यो बम यति शक्तिशाली थियो कि यसबाट प्रहार भएकाहरुको हड्डीको खरानी पनि रहेन । सबै हराएजस्तो भयो ।

यो बम यति शक्तिशाली थियो कि यसबाट प्रहार भएकाहरुको हड्डीको खरानी पनि रहेन । सबै हराएजस्तो भयो ।

बीबीसीको रिपोर्ट अनुसार ६ अगस्ट १९४५ को बिहान सात बजेको थियो । अचानक, अमेरिकी विमानहरू जापानी रडारमा दक्षिणबाट आउँदै गरेको देखियो । यी विमानहरू शहरतर्फ आउँदै गरेको देखेर चेतावनी साइरन बज्न थाले । जापानभर सञ्चालित रेडियो कार्यक्रम बन्द गरियो ।

तर जापानको अवस्था यति नाजुक भइसकेको थियो कि त्यहाँका विमानहरूसँग उड्नका लागि पर्याप्त पेट्रोल पनि थिएन जसकारण यी अमेरिकी जहाजहरूलाई रोक्ने प्रयास गर्न सम्भव थिएन । केही समयमै यी विमानहरू हिरोसिमामाथि पुगे । त्यसपछि के भयो, यो सहरको दुर्दशाले अझै पनि त्यसको प्रमाण दिन्छ ।

हिरोसिमामाथि दुईवटा अमेरिकी विमान उडिरहेका थिए । तीमध्ये एउटा विमान बी–२९ ‘इनोला गे’ अमेरिकी वायुसेनाका कर्नेल पल टिबेट्स आफैंले उडाउँदै आएका थिए।

८ः३० बजिसकेको थियो । बम्बार्डियर मेजर थोमस फेरेबीले हिरोशिमामा ‘इनोला गे’ बाट ‘लिटिल ब्वाई’ खसाले। ठीक ४३ सेकेन्डपछि यो बम हिरोशिमाको जमिनमा ठोक्कियो र ठूलो उल्का पिण्डले पृथ्वीमा ठोक्किएझैँ विस्फोट भयो ।

आणविक बमको लक्ष्य लिटिल ब्वाई हिरोशिमाको एओई ब्रिज थियो । तर हावाहुरीका कारण उक्त बम पुलबाट २५० मिटर टाढा रहेको शीमा सर्जिकल क्लिनिकमा खसेको थियो। यो बम विस्फोट हुँदा त्यहाँको तापक्रम अचानक १० लाख सेन्टिग्रेड पुगेको बताइएको छ ।

यो तापक्रम यति धेरै थियो कि यसको चपेटामा आएका मानिसको हड्डीको खरानी पनि रहन सकेन । एकै क्षणमा यो बमले ८० हजार मानिस मार्यो । त्यो दिन हिरोसिमाको ३० प्रतिशत जनसंख्या एकै झट्कामा नष्ट भएको थियो ।

एजेन्सी

Comments

Back to top