प्रि ओपन सेसनमा नेप्से परिसूचक ३८.२७ अंकले बढ्यो !

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३८.२७ अंकले बढेको छ। 

बिहिबार ३२.०२ अंकले बढेर २,५६८.१३ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६०६.४१ मा खुलेको हो। कुल १८०,५०६ कित्ता सेयरको खरिदबिक्री करिब ९ करोड ६८ लाख ५३ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १९२ कम्पनीमध्ये १६९ को मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल १,१९७ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top