सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।

कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था जो कोहीले खरीद गर्न पाउनेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७१ रुपैयाँ निर्धारण गरिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

आवेदन आज साउन १३ गतेदेखि आउँदो साउन १८ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

एजेन्सी

Comments

Back to top